PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

ने क पाको सचिवालय बैठक आज प्रधानमन्त्री निवासमा बस्दै



पहिलोपोस्ट

ने क पाको सचिवालय बैठक आज प्रधानमन्त्री निवासमा बस्दै

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा आज दिउँसो ४ बजे बैठक बस्ने ने क पाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठले बैठकमा सांगठनिक एकताका विषयमा छलफल हुने बताए। प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि सचिवालयको पहिलो बैठक बस्न लागेको हो।

प्रधानमन्त्री तथा ने क पा अध्यक्ष ओली भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यही बीचमा भदौ ९ गते पहिलो पटक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको थियो।

ने क पाले आफ्ना प्रवास कमिटी, पोलिटब्युरो गठन लगायत काम अझै टुंग्याउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell