PahiloPost

Nov 23, 2019 | ७ मंसिर २०७६

एलिस्टर कुकको दाबी: ‘डेभिड वार्नर बल टेम्परिङका लागि हातमा टेप लिएर जाने गर्थे’



पहिलोपोस्ट

एलिस्टर कुकको दाबी: ‘डेभिड वार्नर बल टेम्परिङका लागि हातमा टेप लिएर जाने गर्थे’

इङ्ल्यान्डका पूर्व कप्तान एलिस्टर कुकले अस्ट्रेलियाका ओपनर डेभिड वार्नरको बल टेम्परिङ्बारे नयाँ खुलासा गरेका छन्। वार्नरले सन् २०१७ को घरेलु लिगहरुमा पनि बलहरुमाथि छेडछाड गर्ने गरेको कुकले बताएका हुन्। कुकका अनुसार बललाई छेडछाड गर्न वार्नर हातमा टेप लिएर उत्रन्थे।

एलिस्टर कुकको आउन लागेको आत्मकथामा अस्ट्रेलियाका ब्याट्सम्यान वार्नरबारे यी कुराहरु समावेश भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। चर्चित अखबार द गार्जियनसँगको अन्तर्वार्तामा कुकले यस्तो खुलासा गरेको उल्लेख छ। ‘वार्नरले बियर पिएपछि भनेका थिए कि उनी प्रथम श्रेणी क्रिकेटमा हातमा टेप लगाएर गएर बलमाथि छेडखानी गर्ने गर्छन। उनी टेपमा कुनै यस्तो पदार्थ लगाउँथे जसले बल चाँडै बिग्रियोस्,' कुकले थप भनेका छन्, 'मैले जब स्टिभ स्मिथतिर हेरेँ उनी वार्नरलाई केही संकेतबाट भनिरहेका थिए तिमीले त्यो भन्नु हुँदैन थियो।’

कुकका अनुसार वार्नरले २०१७/१८ को सिरिजको क्रममा यस्तो बताएका थिए।

सन् २०१८ मा दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेस्टको क्रममा वार्नर, स्मिथ र ब्यानक्राफ्टलाई दोषी पाइएको थियो। डेभिड वार्नरले बल टेम्परिङको लागि १ वर्षे प्रतिबन्ध भोगिसकेका छन्। उनीसँगै स्टिभ स्मिथलाई १ वर्ष र क्यामरन ब्यानक्रफ्टलाई ९ महिना प्रतिबन्ध लगाइएको थियो। साे प्रकरणमा ब्यानक्रफ्टलाई स्यान्डपेपरले बलमा छेडछाड गरेकाे पाइएकाे थियाे। 



एलिस्टर कुकको दाबी: ‘डेभिड वार्नर बल टेम्परिङका लागि हातमा टेप लिएर जाने गर्थे’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

ncell