A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6aaf7fea905f74.66871814): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6aaf7fea905f74.66871814,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सांसद राधेश्याम अधिकारीको प्रश्न : 'कति जनाको मृत्यु भएपछि डेंगुले महामारीको रुप लिन्छ?'
PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

सांसद राधेश्याम अधिकारीको प्रश्न : 'कति जनाको मृत्यु भएपछि डेंगुले महामारीको रुप लिन्छ?'



पहिलोपोस्ट

सांसद राधेश्याम अधिकारीको प्रश्न : 'कति जनाको मृत्यु भएपछि डेंगुले महामारीको रुप लिन्छ?'

काठमाडौं : प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले डेंगुले महामारीको रुप लिएको भन्दै संकटकाल घोषणा गर्न माग गरेका छन्।

सांसद अधिकारीले बुधवारको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै डेंगु लागेकाहरुको उपचार सरकारले गर्नुपर्ने बताए।

उनले भने,  ‘सरकार कुहिरोको काग बनेको छ। यसलाई अंग्रेजीमा क्लुलेस भनिन्छ। ७७ जिल्लामध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन? राष्ट्रिय विपत्ती मान्नु पर्छ कि पर्दैन? स्वास्थ्यको क्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन?' 

उनले पश्चिमको बाँके बर्दियामा डेंगु फैलँदा त्यसमा नियन्त्रणको प्रभावकारी प्रयास नगर्दा संक्रमण फैलिएको बताए। उनले ३ सय ५० रुपैयाँ मात्र पर्ने डेंगु जाँच किटको निजी अस्पतालहरुले २ हजार ६ सय रुपैयाँसम्म लिने गरेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

४/५ जना मानिसको मृत्यु हुँदै महामारी मान्न नहुने बताइँदै आएको भन्दै उनले प्रश्न गरे, 'कति जनाको मृत्यु भएपछि महामारीको रुप लिन्छ? अनि सरकार घोषणा गर्न विवश हुन्छ?'

सांसद अधिकारीले डेंगु नियन्त्रणका लागि सरकारले के गरिरहेको छ भन्ने जनताले जान्न चाहेको बताए।

उनले डेंगु परीक्षणको वास्तविक लागत र परीक्षण सुविधा नभएका जिल्लामा सरकारले गरेको तयारीबारे सदनलाई जानकारी गराउन माग समेत गरे। साथै उनले राष्ट्रिय सभाको अर्को बैठकमा स्वास्थ्य मन्त्रीलाई डेंगुको बारेमा आधिकारिक धारणा राख्नका लागि निर्देशन गर्न पनि सभामुखको ध्यानाकर्षण गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell