PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

महोत्सवको विरोधमा कीर्तिपुरमा प्रदर्शन



पहिलोपोस्ट

महोत्सवको विरोधमा कीर्तिपुरमा प्रदर्शन

कीर्तिपुर : नयाँ बजार खेलकुद मैदानमा हुन लागेको ‘पाँचौ कीर्तिपुर महोत्सव २०७६’ को विरोधमा कीर्तिपुरवासीले प्रदर्शन गरेका छन्।

मेलाको सबै तयारी भइसकेको अवस्थामा स्थानीयले मेलाको विरोध गर्दै प्रदर्शन गरेका हुन्। मेला नगर्न अघिल्लो वर्ष नै नगरपालिकासँग सहमति भएपनि नगरपालिकाले मेलाको लागि स्वीकृति दिएको भन्दै स्थानीय आक्रोशित बनेका हुन्।

मेलाले सो क्षेत्रको व्यापारमा टेवा पुर्‍याउन नसकेको स्थानीयको आरोप रहेको छ। मेलाको विरोधमा नयाँ बजारमा विरोध र्‍याली निकालिएको थियो।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले भने यस सम्बन्धमा आफूलाई पुरा जानकारी नभएको बताएका छन्। मेलाका विषयमा छलफल गर्ने र सबै मिलेर आयोजना गर्ने मौखिक सहमति भएको उनले बताए।

मेयर महर्जनले भने, 'यसबारे छलफल गर्ने भनेका हो तर त्यो हुन सकेन। पहिला सबै मिलेर गर्ने भन्ने मौखिक सहमति भएको थियो।'

उक्त मेला भाद्र २७ गते शुक्रबार देखि असोज ८ गते बुधबार सम्म गर्ने भनिएको थियो। मेलाको आयोजना औधोगिक शान्ति नेपाल संस्था तथा नयाँ बजार क्लब, राजकमल महर्जन तथा शशिर महर्जनसँगको संयुक्त आयोजनामा हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell