PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

एक हप्तादेखि दुई स्कुले बालिका बेपत्ता



रासस

एक हप्तादेखि दुई स्कुले बालिका बेपत्ता
फोटो : गुगल म्याप ।

सल्यान : माँझकाँडास्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत दुई बालिका एक हप्तादेखि बेपत्ता भएका छन्। वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन्।

ती बालिका गत भदौ १९ बेलुकीदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। परिवारले सबै ठाउँमा खोजेर नभेट्टाएपछि खोजीका लागि प्रहरीमा निवेदन दिएको खिमाका बुबा अम्मर वलीले जानकारी दिए।

'भदौ १९ गते विद्यालयबाट घर फर्किने क्रममा बाटोबाटै बेपत्ता भएछन्, आफन्त सबैतिर खोजी गरी सक्यौँ नभेटिएपछि प्रहरीमा खोजीका लागि निवेदन दिएका छौ', वलीले भने।

घरपरिवारले खोज तलास गरिदिनका लागि वनगाड प्रहरी चौकीमा उनीहरुको हुलियासहित निवेदन आएको त्यहाँका प्रहरी इञ्चार्ज दीपक शाही ठकुरीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell