PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

ने क पाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी



पहिलोपोस्ट

ने क पाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी
फाइल फोटो ।

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। चार बजेका लागि बोलाएको बैठक केहि ढिला गरि सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

यो प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछिको पहिलो बैठक हो। प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए। त्यसबीचमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा ९ गते बैठक बसेको थियो।

ने क पामा प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग,  महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्को एकीकरण बाँकी छन्।

आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम भने उपस्थित भएका छैनन्। अस्वस्थताका कारण उनी अनुपस्थित रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell