PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

ने क पा सचिवालय बैठक : उपनिर्वाचनमा दल दर्ताको जिम्मेवारी महासचिव विष्णु पौडेललाई



पहिलोपोस्ट

ने क पा सचिवालय बैठक : उपनिर्वाचनमा दल दर्ताको जिम्मेवारी महासचिव विष्णु पौडेललाई
फाइल फोटो ।

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले आगामी मंसिर १४ गते हुने तीनै तहको उपनिर्वाचनको लागि दल दर्ताको जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ने क पाको सचिवालय बैठकले महासचिव पौडेललाई सो जिम्मेवारी दिएको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टीको सांगठनिक एकताको विषयमा भने अर्को बैठकमा टुंगो लगाइने बताइएको छ।

निर्वाचन आयोगले उपनिर्वाचनको लागि दलहरुलाई भदौ मसान्तसम्म दल दर्ता गर्न मिति तोकेको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि आज पहिलो पटक ने क पाको सचिवालय बैठक बसेको हो। प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए। त्यसबीचमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा ९ गते बैठक बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell