PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

सिपिएलः सन्दीप बने प्लेयर अफ दी म्याच



पहिलोपोस्ट

सिपिएलः सन्दीप बने प्लेयर अफ दी म्याच

वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग सिपिएलमा गएराति भएको खेलमा सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्सले जित निकालेको छ। बार्बाडोसले सेन्ट किट्स एन्ड नेवि प्याट्रियट माथि १८ रनको रोमाञ्चक जित निकाल्यो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने प्लेयर अफ दी म्याच बन्न सफल रहे।

सन्दिपले ४ ओभर बलिङ गर्दै २२ रन दिएर ३ विकेट लिएका थिए। 

 टस हारेर ब्याटिङको निम्तो पाएको सन्दीपको टिम बार्बाडोसले २० ओभरमा दुई विकेट गुमाउँदै १८६ रन बनाएको थियो। १८७ रनको लक्ष्य पछ्याएको सन्दीपको अघिल्लो सिजनको टिम सेन्ट किट्स एन्ड नेवि प्याट्रियट निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६८ रन बनाउँदै समेटिएको थियो।

सेन्ट किट्स एन्ड नेवि प्याट्रियटलाई पराजित गर्न सन्दीपले ५.५० को इकोनमीमा ३ विकेट लिए। लामिछानेले नेवि प्याट्रियटका कप्तान कार्लोस ब्रेथवेट, सम्राह ब्रुक्स र लाउरी इभान्सको विकेट लिएका थिए।

पाँचौ ओभरमा बलिङ गर्न आएका लामिछानेले आफ्नो पहिलो ओभरमा ७ रन दिए। त्यस्तै, १२ औं ओभरमा पनि बिना कुनै विकेट ७ रन नै दिए। तर १४ औं ओभरमा भने ६ रन दिँदै ब्रुक र इभान्सको विकेट लिन सफल भए। फेरि, १५ औं ओभरमा २ रन दिँदै ब्रेथवेटकाे विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell