PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सेवाग्राहीलाई प्रभाव नपार्ने शर्तमा ‘विप्लव’का छोरा प्रकाशसहित सबै विद्यार्थी तारेखमा रिहा



रासस

सेवाग्राहीलाई प्रभाव नपार्ने शर्तमा ‘विप्लव’का छोरा प्रकाशसहित सबै विद्यार्थी तारेखमा रिहा

चितवन : बुधवार पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीहरु तारेखमा रिहा भएका छन्।

चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी बुधवार राति नै छुटेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरु सबैलाई तारेखमा छोडिएको हो।
 
शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधवार बहिरंग सेवा बन्द गराउन खोजेपछि त्यहाँ अध्ययनरत चन्दसहित १५ विद्यार्थीलाई पक्राउ गरिएको थियो। पक्राउ परेका उनीहरुमध्ये ९ लाई राति ९ बजे र अन्यलाई राति ११ बजे छाडिएको उनले जानकारी दिए।

स्वास्थ्य संस्थामा सेवाग्राहीलाई प्रभाव पार्नेखालका काम नगर्ने, आन्दोलनका क्रममा कसैलाई तल्लोस्तरको गालीगलौज नगर्ने प्रतिबद्धतापछि उनीहरुलाई तारेखमा छाडिएको प्रवक्ता कोइरालाले जनाकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell