PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

ने क पाले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन



पहिलोपोस्ट

ने क पाले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि बिहीवार बिहान दल दर्ताको निवेदन दिइएको ने क पा केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए।

दल दर्ताका लागि परराष्ट्र मन्त्री तथा ने क पाका निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली, उपप्रमुख खिमलाल देवकोटा, कार्यालय सचिव इश्वरी रिजाल र श्रीराम ढकाल बिहीवार बिहान आयोग पुगेका थिए। सोको जानकारी मन्त्री ज्ञवालीले ट्वीटरमार्फत पनि दिएका छन्।

 

दर्ता निवेदनमाथि अब आयोगले आवश्यक कारबाही गरी दल दर्ता गर्नेछ। गत २०७४ मा सम्पन्न निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर ने क पा बनेको थियो।

निर्वाचनपछि दर्ता भएका पार्टी आयोगमा दर्ता गर्नुपर्ने प्रावधानअनुरूप उपनिर्वाचनका लागि नेकपाले दल दर्ताको निवेदन दिएको हो। आगामी मंसिर १४ गते प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त ५१ स्थानमा उपनिर्वाचन हुँदैछ।

बुधवार बसेको पार्टी सचिवालय बैठकले उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell