PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

नाडेज्दा कप: फाइनलमा नेपाल उज्बेकिस्तानसँग पराजित



पहिलोपोस्ट

नाडेज्दा कप: फाइनलमा नेपाल उज्बेकिस्तानसँग पराजित

किर्गिस्तानमा सम्पन्न नाडेज्दा कपको फाइनलमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ। आज भएको फाइनल खेलमा नेपालले उज्बेकिस्तानसँग ३–२ गोलअन्तरले पराजित भएको हो। फाइनलमा नेपालका लागि दुबै गोल साबित्रा भण्डारीले गरेकी थिइन्। पहिलो हाफ १– ० ले पछि परेको नेपालले हाफ टाइम पछि २ गोल खाएको थियो भने २ गोल गरेको थियो। नेपाल समूह चरणमा पनि उज्बेकिस्तानसँगै पराजित भएको थियो। ६७ औं मिनेटमा पहिलो गोल गरेकी साबित्राले दोस्रो गोल खेलको ९० औं मिनेटमा गरेकी थिइन्।  उज्बेकिस्तान फिफा बरियतामा ४४ औं स्थानमा छ भने नेपाल १०१ स्थानमा छ।

प्रतियोगितामा नेपालले किर्गिस्तानलाई ८–२ को गोलअन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको थियो। यद्यपि, दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग २–० ले पराजित हुन पुग्यो। त्यस्तै तेस्रो खेलमा ताजकिस्तानमाथि १–० गोल अन्तरले जित निकालेको थियो।

यता, उज्बेकिस्तानले भने जारी प्रतियोगितामा शतप्रतिशत जित निकालेको छ। पहिलो खेलमा ताजकिस्तानलाई १२–० को फराकिलो गोलअन्तरले पराजित गरेको उज्बेकिस्तानले दोस्रो खेलमा नेपाललाई २–० ले पराजित गरेको थियो। त्यस्तै, तेस्रो खेलमा घरेलु टोली किर्गिस्तानलाई ९–० ले पराजित गरेको थियो। उज्बेकिस्तानले फाइनलमा पनि नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै नाडेज्दा कपको उपाधि हात पारेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell