PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

फ्राइडे रिलिजमा दुई नेपाली फिल्म 'पासवर्ड' र 'हिरो नम्बर १'को प्रतिस्पर्धा



पहिलोपोस्ट

फ्राइडे रिलिजमा दुई नेपाली फिल्म 'पासवर्ड' र 'हिरो नम्बर १'को प्रतिस्पर्धा

काठमाडौं : आज भदौ २७ गते शुक्रवार सिनेमा हलमा दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। यो साता नेपाली सिनेमा हलमा 'पासवर्ड' र 'हिरो नम्बर १' गरि दुईवटा फिल्म प्रदर्शनमा आएका हुन्।

त्यसो त प्रमोशनको हिसाबमा 'पासवर्ड' घोषणादेखि नै चर्चामा छ। पासवर्डको प्रिमियरमा सहभागी हुन फिल्ममा आइटम डान्स गरेकी भारतीय अभिनेत्री सन्नी लियोनी बिहीवार नै नेपाल आएकी थिइन्। यता 'हिरो नम्बर वान' ले कुनै प्रकारको प्रचारप्रसार गरेन।

सम्राट बस्नेत निर्देशित फिल्म पासवर्डमा विक्रम जोशी, अनुपविक्रम शाही, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन्। यो फिल्मको घोषणादेखि नै अन्य कलाकारभन्दा पनि सन्नीकै चर्चा बढी भएको थियो।

अमित बस्नेत र हिरल जोशीको लगानी रहेको यस फिल्मलाई सीमा गुरुङले लेखेकी हुन्। पासवर्डको अधिकांश छायांकन नेपाल र लन्डनमा गरिएको छ।

जयकिशन बस्नेतको निर्देशन रहेको फिल्म हिरो नम्बर १ मा राजीवजंग बस्नेत, सोभित बस्नेत, सुभेक्षा थापा, रवि केसी, जित तामाङ, रमा श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्। सुदीप पाण्डेको सम्पादन रहेको फिल्ममा शंकर महर्जनको द्वन्द्व रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell