PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

भारतमा भक्तजन चढेको डुंगा डुब्दा ११ जनाको मृत्यु



पहिलोपोस्ट

भारतमा भक्तजन चढेको डुंगा डुब्दा ११ जनाको मृत्यु
फोटो : National Disaster Response Force/AP ।

नयाँ दिल्ली : भारतको भोपालमा गणेशको ठूलो मूर्ति विसर्जन गर्ने गएका भक्तजन चढेको डुंगा डुब्दा ११ जनाको मृत्यु भएको एपीले बताएको छ
मध्य प्रदेश राज्यको राजधानी भोपालको एक तालमा सो दुर्घटना भएको थियो। तालबाट पाँच जनालाई उद्धार गरिएको प्रहरी अधिकारी अखिल पटेलले बताए।

पटेलका अनुसार तालमा गणेशको ठूलो मूर्तिलाई विसर्जन गर्ने क्रममा सो दुर्घटना भएको हो। तालबाट ११ वटा शव निकालिएको उनले बताए।

हिन्दुहरुले भगवान गणेशको जन्मदिन मनाइरहेका छन्। गणेशलाई बुद्धि, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ।

डुंगामा क्षमताभन्दा बढी यात्रु चढ्ने गरेकाले भारतमा लगातार यस्ता दुर्घटना भइरहेका छन्। ग्रामीण क्षेत्रका अधिकांश डुंगामा लाइफ ज्याकेटबिना नै मानिसहरु यात्रा गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell