सुर्खेत : हुम्लामा एक जना स्वास्थ्यकर्मी कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन्।
शुक्रवार विहान करिव साढे ८ बजेतिर चंखेली गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत ४२ वर्षीय लालबहादुर शाही सल्लीसल्ला लोतीखोला र कर्णाली नदीको दोभानमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए।
'हामीलाई चंखेली–४ पिप्लाङका सुरबहादुर शाहीले विहान करिव ८ देखि साढे ८ बजेको विचमा लालबहादुर शाहीले नदीमा हाम फाले भन्ने खवर दिनुभयो। त्यसलगत्तै प्रहरी, गाउँपालिका उपाध्यक्ष र स्थानीय त्यसस्थानमा गएका थियौँ' डिएसपी घर्तीमगरले भने, 'अहिलेसम्म केही पत्ता लागेको छैन्। भेटिन पनि गाह्रै छ। बढो अप्ठ्यारो खोच छ।'
बेपत्ता शाही गाउँपालिकाको स्वास्थ्य शाखामा अहेबको पोष्टमा कार्यरत रहेका थिए।