PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

येँया पुन्हीमा यस्तो देखियो कुमारीसहित गणेश र भैरवको रथ यात्रा

येँया पुन्हीमा यस्तो देखियो कुमारीसहित गणेश र भैरवको रथ यात्रा

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज येँया: पुन्ही अर्थात् इन्द्रजात्रा। काठमाडौं उपत्यकाका विभिन्न टोलमा डोरीले बाँधेर राखिएका इन्द्रका मूर्तिहरुमा आज पूजा गर्ने गरिन्छ।

यस्तै, येँया:को मुख्य आकर्षणमा रहेको जीवित देवी कुमारीका साथै जीवित देवहरू गणेश र भैरवको रथ यात्रा पनि आजै हुन्छ। आज 'क्व:नेया' (तल्लो टोलमा रथयात्रा) गरिनेछ। कुमारी घरबाट रथ यात्रा सुरु भई मरु, अट्को नारायण, जैसीदेवल, मजिपात, लगन, ह्युमत, कोहिटी, भिमसेनस्थान हुँदै पुन: कुमारी घर ल्याइ रथयात्रा सम्पन्न हुनेछ। रथ यात्रा हर्न राष्ट्रपति विद्यादेवी भण्डारी उच्च पदस्त व्यक्तिहरु गद्दी बैठकमा उपस्थित भए। वसन्तपुरमा मजिपा लाखे, पुलुकिसी, सवभक्कु नाच समेत प्रदर्शन गरिएको थियो।

काठमाडौं महानगरपालिकाको निमन्त्रणमा ४८ जना विदेशी पाहुनासमेत येँया: अवलोकनका लागि वसन्तपुर पुगेका थिए।

रथ यात्रा सकिएपछि आज राति दागिं र बौमत: पनि निकालिन्छ।

भोलि पनि कुमारी, भैरव र गणेशको रथ यात्रा गरिन्छ। माथिल्लो टोलमा रथ यात्रा गरिने भएकोले यसलाई थ:नेया भनिन्छ। कुमारी घरबाट सुरु हुने रथ यात्रा प्याफल, नरदेवी, टेंगल, थ्यामरु, असन, इन्द्रचोक हुँदै वसन्तपुर पुगेर रथ यात्रा सम्पन्न हुन्छ।

भाद्र ३१ गते भने ननिचा:या: अर्थात् बीचको टोलमा रथयात्रा गरिन्छ। कुमारी घर बाट नरदेवी, भेडासीं, किलागल, इन्द्रचोक, मखन हुँदै फेरि वसन्तपुर पुगेर रथ यात्रा समापन हुन्छ।

यो वर्ष असोज १ गते बिहान ५ बजेर ३५ मिनेटको शुभ साइटमा भक्तपुरको नालाबाट ल्याइ हनुमानढोकामा ठड्याइएको य:सी ढालिन्छ र टेकु दोभानमा लगेर विसर्जन गरेसँगै येँया: विधिवत रुपमा समापन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell