PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सुस्त सुस्त सस्तिँदै सुनको भाऊ



पहिलोपोस्ट

सुस्त सुस्त सस्तिँदै सुनको भाऊ

काठमाडौँ : शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य प्रति तोला पाँच रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार प्रतितोला सुनको मूल्य ७० हजार ६ सय रुपैयाँमा ओर्लिएको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँले घटेको हो।

बिहीबार सुनको मूल्य ७० हजार आठ सय रुपैयाँ रहेको थियो। चाँदीको मूल्य आठ सय ७० रुपैयाँमा ओर्लिएको छ।

चाँदीको मूल्य बिहीबारको तुलनामा प्रति तोला पाँच रुपैयाँले घटेको हो। बिहीबार चाँदीको मूल्य आठ सय ७० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।

विश्व बजारमा पनि सुनको भाउ केही घटेकाले नेपाली बजारमा त्यसको प्रभाव देखिएको हो। लामो समयदेखि बृद्धिको ट्रेन्ड देखिएकोमा सुनको भाउ केही दिनदेखि थोरै थोरै घटिरहेको छ।

महासंघका अध्यक्ष मोहन सुनारका अनुसार विश्व बजारमा पनि मूल्य घटेकाले त्यसैको आधारमा नेपाली बजारमा पनि सुनको भाउ ओरालो लागेको हो।

सुन चाँदीको मूल्य घट्दै गएपनि सुन पसलमा अझै चहलपहल बढेको छैन। अध्यक्ष सुनारका अनुसार मूल्य थोरै घटेको भएपनि  सुनचाँदीको व्यापार खस्किएको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell