PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अमरेश कुमार सिंह तातेको पारो, समिति सचिवलाई सोधे : तपाईँ एमाले कार्यकर्ता हो?



पहिलोपोस्ट

अमरेश कुमार सिंह तातेको पारो, समिति सचिवलाई सोधे : तपाईँ एमाले कार्यकर्ता हो?

काठमाडौं : नेपाली कांग्रेसका सांसद अमशेर कुमार सिंहले आज संसदीय समिति बैठकमा कर्मचारीलाई नै प्रश्न गरे – तपाईँ एमाले कार्यकर्ता हो?

सन्दर्भ थियो, नागरिकता विधेयकमा नेपाली कांग्रेसले दर्ता गराएको फरक मत। पेचिलो बनेको नागरिकता विधेयकमा विदेशीसँगको बिहेपछि जारी हुने नागरिकताको विषयले सिंहलाई एकाएक ततायो। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शनिवार बिहानै बैठक थियो। सबै विषयमा करिब करिब सहमति जुटिसकेको भए पनि विदेशी युवतीले नेपालीसँग बिहे गरेलगत्तै नागरिकता पाइहाल्ने प्रावधानको विषय यथावत होस् भन्ने नेपाली कांग्रेसका सांसदहरुको माग थियो। तर, सत्तारुढ दल त्यसको पक्षमा थिएन। बहुमत सत्तारुढतिरै।

त्यसो त बिहीवार नै टुंगोमा पुग्ने प्रकृया तन्किएर आजसम्म आयो। कांग्रेसले समय मागेअनुसार समिति सभापति शशी श्रेष्ठले आज बिहानसम्मलाई समय उपलब्ध गराइन् पनि। त्यसअनुसार नै बिहान बैठक डाकियो, विधेयक समितिबाट टुंगोमा पुर्‍याउने विषयलाई लिएर।

सहमति भएन – कांग्रेसले पहिलेकै व्यवस्था कायम हुनुपर्ने जनाएपछि मतदानको प्रकृया अगाडि बढ्यो। यसै विषयमा नेपाली कांग्रेसले फरक मत राखेको हो। समितिका सचिव सञ्जय दाहालसँग अमरेशले फरक मत दर्ता नम्बर मागे।

‘यो सबै प्रतिवेदनमै समेटिने हो,’ दाहालले जवाफ फर्काए।

त्यसपछि तात्तिएका अमरेशले प्रश्न गरे : तपाईँ एमाले कार्यकर्ता हो?

नेपाली कांग्रेसले राखेको फरक मत चाहिँ यस्तो छ -

नेपाली कांग्रेसमात्र होइन, राष्ट्रिय जनता पार्टीले पनि विधेयकमा फरक मत राखेको छ। हेर्नुस् राजपाको फरक मत

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell