A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699775aa833514.78564207): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699775aa833514.78564207,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सर्लाहीमा अज्ञात समुहको गोली लागी एक युवक गम्भीर घाइते, काठमाडौं लैजाने तयारी
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

सर्लाहीमा अज्ञात समुहको गोली लागी एक युवक गम्भीर घाइते, काठमाडौं लैजाने तयारी



राधेश्याम पटेल

सर्लाहीमा अज्ञात समुहको गोली लागी एक युवक गम्भीर घाइते, काठमाडौं लैजाने तयारी

वीरगंज : गएराति सर्लाहीमा अज्ञात समुहको गोली लागी एक युवक गम्भीर घाइते भएका छन्। इशवरपुर नगरपालिका वडा नम्बर ११ करमुहान टोलका राजेश साह तेलीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।

राति सवा आठ बजेको समयबाट ३५ वर्षीय राजेश मोटरसाइकलमा करमुहान बजारबाट घर फर्किने क्रममा बीच बाटोमा अज्ञात समुहले उनी माथि गोली प्रहार गरेको थियो। अज्ञात समुहले प्रहार गरेको गोलि राजेशको पेटमा लागेको थियो।

गोली प्रहारबाट गम्भीर घाइते भएका उनलाई सर्लाहीको मलंगवामा प्रारम्भिक उपचार गरी राति साढे १० बजे वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ल्याइएको थियो।

मेडिकल कलेजका चिकित्सकहरुले उनको गोली निकाल्न नसकेपछि उनलाई काठमाडौं रेफल गर्ने तयारी भइरहेको परिवारले जनाएको छ।

राजेशकी आमा सुरती देवी साह तेलीले उनको उपचारको लागि आर्थिक अभाव भएको बताएकी छिन्।

‘डाक्टरले हेलिकप्टरबाट राजेशलाई काठमाडौं लैजानु पर्छ, पैसाको व्यवस्था मिलाउनुस भन्नु भएको छ’ उनले भनिन्, ‘लाख दुई लाखको खाचो भएको बेला हातमा एक फुटी कौडी छैन, रुनु बाहेक अरु कुनै विकल्प छैन।’

गोली हानेको अशंकामा दुई जना पक्राउ
सर्लाही प्रहरीले गोली प्रहार घटनामा संलग्नता रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी प्रतीतसिंह राठौरले भने, ‘हामी घटनाका अभियुक्तहरुको खोजी कार्य गरिरहेका छौं, दुई जनालाई अशंकाको अधारमा सोधपुछ भइरहेको छ, चाडै अपराधी समातिन्छन्।’

प्रहरीले पक्राउ गर्ने दुई जनाको पहिचान गोप्य राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell