PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

'विप्लव' नेतृत्वको नेकपाका बारा इन्चार्ज पक्राउ



राधेश्याम पटेल

'विप्लव' नेतृत्वको नेकपाका बारा इन्चार्ज पक्राउ

वीरगंज : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी बाराका इन्चार्ज पक्राउ गरेका छन्। बारा प्रहरीले शुक्रवार अपरान्ह राजन गिरी भनिने ३४ वर्षीय अतिश मिश्रलाई पक्राउ गरेको हो।

बाराको परवानीपुर गाँउपालिका–४ चैनपुरस्थित केडिया आँखा अस्पतालबाट उनलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले बताए।

सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि बारा प्रहरीले यसअघि १० जनालाई नियन्त्रणमा लिइसकेको छ। हाल विप्लव समूहका जिल्ला ईन्चार्ज मिश्रसहित ११ जना हिरासतमा रहेको बारा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell