PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

ला लिगाः लेभान्टेमाथि मड्रिडको जित



पहिलोपोस्ट

ला लिगाः लेभान्टेमाथि मड्रिडको जित

स्पेनिस ला लिगामा आज भएको खेलमा रियाल मर्डिडले लेभान्टेमाथि ३–२ को जित निकालेको छ।

प्रतिस्पर्धात्मक खेलमा मर्डिडले पहिलो हाफमै ३ गोलको अग्रता बनाएको थियो। मर्डिडका लागि बेन्जेमाले २ गोलको योगदान दिएका थिए। उनले खेलको २५ औं र ३१ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै कासेमिरोले खेलको ४० औं मिनेटमा गोल गर्दा मर्डिडले ३–० को अग्रता बनाइसकेको थियो।

तर,  खेलको दोस्रो हाफमा भने लेभान्टेले खेलमा फर्कन अथक प्रयास गरेको थियो। खेलको ४९ औं मिनेटमा मायोरल तथा ७५ औं मिनेटमा मेलेरोले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काउने प्रयास गरेका थिए। यद्यपि, खेल भने मड्रिडले जित्न सफल रह्यो। 

इन्ग्लिश क्लब चेल्सीबाट खेल्दै आएका  बेल्जियन कप्तान इडन हजार्डले पनि यही खेलबाट डेब्यु गरे।  खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै रियलका मिडफिल्डर इडेन हजार्डले ला लिगामा डेब्यु गरेका हुन्। 

जारी सिजन मर्डिडले २ खेल बराबरी र २ खेलमा जित निकालेको छ।  
    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell