PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

छुट्टाछुट्टै दुर्घटनामा चितवनमा दुई जनाको मृत्यु



पहिलोपोस्ट

छुट्टाछुट्टै दुर्घटनामा चितवनमा दुई जनाको मृत्यु

चितवनः पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका -६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तामाङको मृत्यु भएको हो। यस्तै कालिका नगरपालिका–७ गैँडाखोलामा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो।

 प्रहरीका अनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको युपी २१ सीएन ३१८८ जी नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १२ प ४९०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करका कारण मोटरसाइकल चालक घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै सोही मोटरसाइकलमा सवार राप्ती नगरपालिका–१ का १४ वर्षीय उत्सव श्रेष्ठ घाइते भएका छन्। घाइते श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अवस्था मध्यम छ।

 यस्तै कालिका नगरपालिका–७ गैँडाखोलास्थित भित्री सडकखण्डमा जुटपानीबाट क्लबचोकतर्फ आउँदै गरेको ना ३ त १३३५ नंको ट्याक्टरले विपरीत दिशातर्फ गइरहेको ना४१प ९८४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ष्ठको मृत्यु भएको हो। श्रेष्ठको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सोही स्थान बस्ने ३० वर्षीय मुकेश पौडेल घाइते भएका छन्।

घाइते पौडेलको अवस्था खतरामुक्त रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवै दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell