PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

इपिएलः म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, लिभरपुलको अपराजित यात्रा



पहिलोपोस्ट

इपिएलः म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, लिभरपुलको अपराजित यात्रा

इङलिस प्रिमियर लिगको गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेसेस्टर सिटीमाथि संघर्षपूर्ण जित निकालेको छ। युनाइटेडले लेस्टर सिटीमाथि १–० गाेल अन्तरले जित निकालेकाे हाे।

प्रतिस्पर्धात्मक बनेको खेलमा युनाइटेडका लागि रासफोर्डले ८ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्न पुगेको थियो।

लिभरपुल अपराजित
गएराति भएको खेलमा लिभरपुलले न्यु क्यासल माथि ३–१ गोल अन्तरले जित निकालेको छ। जेट्रो विलियम्सले गोल गर्दै न्यु क्यासललाई अग्रता दिलाएका थिए। तर, सार्डियो मानेले खेलको २८ औं र ४० औं मिनेटमा गोल गर्दा पहिलो हाफमा लिभरपुले २–१ ले अघि रह्यो।

त्यस्तै दोस्रो हाफमा पनि मोहम्मद सलाहले गोल थप्दै लिभरपुललाई सहज जित तर्फ डोहोर्‍याए। उनले खेलको ७२ औं मिनेटमा गोल गरेको थिए। यो सँगै लिभरपुलले नयाँ सिजन लगातार ५ खेलमा शत प्रतिशत जित निकालेको छ।

टोटनह्यम्पको सहज जित
गएराति नै भएको खेलमा टोटनह्याम्पले क्रिस्टल प्यालेसलाई ४–० गोल अन्तरले पराजित गर्‍यो। टोटनह्यामले सबै गोल पहिलो हाफमा नै गरेको थियो।

टोटनह्यामलाई जिताउन सन ह्युङ मिनले २ गोल गरे। उनले खेलको १० मिनेट र २३ औं मिनेटमा गोल गरेका हुन। त्यस्तै भान एनहोल्टले २१ औं मिनेटमा र लामेलाले ४२ औं मिनेटमा गोल गरे।

चेल्सी र वुल्भस्को खेलमा गोलको वर्षा
गएराति नै भएको वुल्भस र चेल्सीबीचको खेल ५–२ गोल अन्तरले चेल्सीले आफ्नो पोल्टामा पारेको छ। चेल्सीको जितका लागि टमी अब्राहमले ह्याट्रिक गरे। उनले खेलको ३४ औं, ४१ औं र ५५ औं मिनेटमा गोल गरे।

चेल्सीलाई फिकायो टोमरीले खेलको ३१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै खेलको अन्तिम समयमा मेसन माउन्टले गोल गरेका थिए। यता वुल्भ्सका लागि अब्राहमकै आत्माघाती गोल सुरुवाती गोल बन्न पुग्यो। त्यस्तै कुट्रनेले ८५ औं मिनेटमा अर्को सान्त्वना गोल थपे।

म्यानचेस्टर सिटी पराजित
गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड नर्विच सिटीसँग स्तब्ध भएको छ। यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नोरिच सिटीले म्यानचेस्टर सिटीलाई ३–२ गोल अन्तरले पराजित गर्‍यो। खेलको १८ औं मिनेटमै नर्विचका किन्नी म्याकलनले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।

त्यस्तै २८ औं मिनेटमै फेरि डट क्यान्टवेलले गोल गर्दै अग्रता दोब्बर बनाए। यता सर्जियो अग्युरोले ४५ औं मिनेटमा म्यानचेस्टर सिटीका लागि खाता खोल्दा पहिलो हाफमा म्यानचेस्टर सिटी २–१ ले पछि परेको थियो। तर दोस्रो हाफ सुरु भएको ५ मिनेट भित्रै टिमु पुक्कीले गोल गर्दा नर्विचको स्कोर ३ गोल भएको थियो। म्याचेस्टरका लागि ८८ औ मिनेटमा रोर्डि अर्नान्डेजले गोल गरे पनि सिटी खेलमा फर्कन सकेन।

लिभरपुल शीर्ष स्थानमा कायमै
गएराति भएको खेल पछि लिभरपुल अंकतालिकाको शीर्ष स्थानमा कायमै रहेको छ। लिभरपुलले यो सिजन खेलेको ५ खेलमा सबै खेल जित्दै १५ अंक पाएको छ। त्यस्तै ५ खेलमा ३ जित १ बराबरी र १ खेलमा पराजय भोगेको म्यानचेस्टर सिटी तालिकाको दोस्रो स्थानमा छ। सिटीको १० अंक रहेको छ। त्यस्तै ५ खेलमा २ जित २ बराबरी र १ पराजय भोगेको टोटनह्याम्पस  ८ अंक सहित तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै समान ८ अंक पाएको म्यानचेस्टर युनाइडले पनि ५ खेल मध्ये २ खेलमा जित २ खेलमा बराबरी र १ खेलमा पराजय भोग्दै तालिकाको चौथो स्थानमा कायम छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell