PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

लागुऔषधको कारोबारमा संलग्न तीन भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

लागुऔषधको कारोबारमा संलग्न तीन भारतीय नागरिक पक्राउ

काठमाडौः प्रतिवन्धित लागुऔषध चरेस सहित तीन भारतीय र दुई नेपाली पक्राउ परेका छन्।

 जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले उनीहरुलाई पक्राउ गरि सार्वजनिक गरेको हो। प्रहरीले शनिबार दिउँसो हेटौँडा, रातोमाटे चेकपोष्टबाट  बी.आर.०१पीएफ ७९९८ नम्वरको भारतीय कारमा अगाडिपट्टिको एसीमा फल्स बटम बनाई चार किलो ९ सय ग्राम चरेस लुकाई हेटौँडातर्फ ल्याउँदै गर्दा उक्त परिमाणको चरेससहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय शिवराज सिंह, सोही ठाउँका २४ वर्षीय ज्ञानीकुमार पासवान र अर्का सोही ठाउँका २४ वर्षीय राजु महतो रहेका छन्।

त्यस्तै प्रहरीले अवैध लागुऔषध गाँजासहित  पक्राउ परेका दुई जनालाई पनि आजै  सार्वजनिक गरेको छ। प्रहरीले कैलाश गाउँपालिका ८ का २६ वर्षीय राजकुमार थिङ र सोही ठाउँका २१ वर्षीय दीपेश थिङलाई १२ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरेका जनाएको छ। राक्सिराङ गाउँपालिकाको कालिका दोभानस्थित बाटोमा हिँडिरहेका उनीहरुले बोकेको झोला प्रहरीलाई शङ्का लागी खानतलासी गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई लागुऔषध कारोवार तथा ओसारपसारमा संलग्न रहेको आधारमा कानूनी कार्वाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख र प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell