PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

साउदीको तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेको अमेरिकाको आरोप



पहिलोपोस्ट

साउदीको तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेको अमेरिकाको आरोप
फोटो : DAILY EXPRESS

साउदी अरबको तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता रहेको अमेरिकाले आरोप लगाएका छन्।

यमनी हुथी विद्रोहीले ड्रोन आक्रमण आफूहरुले गरेको स्वीकार गरेतापनि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने आक्रमणमा इरान जिम्मेवार रहेको बताएका हुन्।

शनिवार साउदीको सरकारी कम्पनी अर्मकोका दुई तेल प्रशोधन केन्द्रमा १० वटा ड्रोनबाट आक्रमण भएको थियो। सो आक्रमणपछि कच्चा तेल उत्पादनमा प्रतिदिन ५६ लाख ब्यारेल कमी भएको अधिकारीहरुले बताएका छन्। तेल उत्पादन घटेपछि विश्वभर तेलको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ।

हाललाई आक्रमण भएको स्थानमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell