PahiloPost

Oct 21, 2019 | ४ कात्तिक २०७६


पर्यटन मन्त्री भट्टराईको विरोध गर्ने ज्ञानेन्द्र शाही प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

पर्यटन मन्त्री भट्टराईको विरोध गर्ने ज्ञानेन्द्र शाही प्रहरीको नियन्त्रणमा

काठमाडौं : भष्ट्रचार अभियनताको रुपमा आफूलाई चिनाउँदै आएका ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले शाहीलाई आइतवार दिउँसो ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो।

आइतवार दिउँसो शाहीले पत्रकार सम्मेलन गरिरहेको समयमा केही युट्युवरहरु बिच सामान्य झडपको अवस्था सृजना भएको थियो। सम्मेलनमा पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

शनिवार राति नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरलाइन्सको विमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकै कारण एक घण्टा ढिलो भएको भन्दै शाहिले विरोध गरेका थिए। बिमानभित्र नै शाही लगायत अन्य यात्रुले मन्त्रीको कारण विमान ढिला भएको भन्दै आक्रोस पोखेका थिए।

 



पर्यटन मन्त्री भट्टराईको विरोध गर्ने ज्ञानेन्द्र शाही प्रहरीको नियन्त्रणमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell