PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

गृहमन्त्रीको जवाफमा कांग्रेस असन्तुष्टः १० मिनेटका लागि संसद बैठक स्थगित



पहिलोपोस्ट

गृहमन्त्रीको जवाफमा कांग्रेस असन्तुष्टः १० मिनेटका लागि संसद बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। नेपाली कांग्रेसले बाँके जिल्ला सभापति किरण कोइरालामाथिको आक्रमणको विषयमा गृहमन्त्रीले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै संसद अवरुद्ध गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको हो।

आइतवारको प्रतिनिधिसभाको बैठकमा घटनाको बारेमा चित्त बुझ्दो जवाफ नदिए संसद अबरुद्ध गर्ने चेतावनी दिँदै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उक्त घटना निन्दनीय र असंवैधानीक रहेको बताएका थिए।

उनले भने, 'कार्यक्रम भइरहेका बेला सत्ता पक्षीय नेता र कार्यकर्ताहरु अरिंगाल जसरी सभाहल भित्र आउनु भो। अंरिगाल परिचालनका लागि पार्टीका शीर्ष नेताले बारम्बार आब्वाहन गरिरनुभएको थियो।'

गृहमन्त्री रामबहादुर थापाले घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए। उनले दोषीमाथि कारवाही गरिने बताए।

गत बिहीवार बाँकेको खजुरामा कांग्रेसको जागरण कार्यक्रममा आक्रमण हुँदा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell