PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

स्काभेटरले किचेर एक ८५ वर्षीय वृद्धको मृत्यु



रासस

स्काभेटरले किचेर एक ८५ वर्षीय वृद्धको मृत्यु

खाँदबारी : संखुवासभाको खाँदबारीमा स्काभेटरले किचेर सख्त घाइते भएका खाँदबारी–८ का ८५ वर्षीय शहरबहादुर राईको आज मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार घाइते राईको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचारका क्रममा  आज मृत्यु भएको हो। 

तुम्लिङटार–चेवाबेँशी सडकखण्डमा काम गर्दै गरेको स्काभेटरले शनिवार ती वृद्धलाई किचेको थियो। भोजपुर निवासी स्काभेटर चालक टीकाराम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell