PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

रुपन्देहीमा गोली चल्यो, मोटरसाइकलमा सवार युवकको मृत्यु



पहिलोपोस्ट

रुपन्देहीमा गोली चल्यो, मोटरसाइकलमा सवार युवकको मृत्यु

काठमाडौः रुपन्देहीमा अज्ञात समूहले प्रहार गरेको गोली लागि एक युवकको मृत्यु भएको छ।

रोहिणी गाउँपालिका ३ रोहिणी खोला नजिकै अज्ञात समूहले चलाएको गोली लागि ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका डिएसपी नवराज पोखरेलले जानकारी दिए। डिएसपी पोखरेलले भने' उनी मोटरसाइकलमा घर जाँदै गर्दा गोली चलाएको देखियो। गोली लागेका कुर्मीको मृत्यु भइसकेको छ।थप अनुसन्धान हुँदैछ।'

बैकबाट पैसा झिकेर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई जनाले गोली चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

गोली किन र कसले चलाएको भन्ने खुल्न सकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानमा रकम लुट्नको लागि लुटेरा समूहले चलाएको हुन सक्ने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell