PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सोमवारसम्मको लागि प्रतिनिधि सभाको बैठक स्थगित



पहिलोपोस्ट

सोमवारसम्मको लागि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक सोमबार बस्ने गरि स्थगित भएको छ। नेपाली कांग्रेसले बाँके जिल्ला सभापति किरण कोइरालामाथिको आक्रमणको विषयमा गृहमन्त्रीले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै संसद अवरुद्ध गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको हो। त्यसपछि पनि बैठक बस्न नसकेपछि सोमबार दिउँसो ३ बजे सम्मको लागि सुचना टाँस गरि बैठक स्थगित गरिएको हो।

आइतवारको प्रतिनिधिसभाको बैठकमा घटनाको बारेमा चित्त बुझ्दो जवाफ नदिए संसद अबरुद्ध गर्ने चेतावनी दिँदै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उक्त घटना निन्दनीय र असंवैधानीक रहेको बताएका थिए।

गत बिहीवार बाँकेको खजुरामा कांग्रेसको जागरण कार्यक्रममा आक्रमण हुँदा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell