PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रहरीको गाँजा सर्च अप्रेसनः एकै दिन तीन बिघा जग्गामा लगाइएको गाँजा नष्ट

प्रहरीको गाँजा सर्च अप्रेसनः एकै दिन तीन बिघा जग्गामा लगाइएको गाँजा नष्ट

पहिलोपोस्ट /पहिलोपोस्ट


मकवानपुर: मकवानपुरका विभिन्न ठाउँमा खेती गरिएका लागू औषध गाँजा र अफिम बोट प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले राक्सिराङ गाउँपालिकाको विभिन्न वडामा अवैध रूपमा लगाइएका गाँजा, अफिम जस्ता लागू औषधको बोट नष्ट गरेको हो।

प्रहरीले सोही गाउँपालिका वडा नम्बर २ को कालीधाप, चनौटा र मिग्रान भन्ने स्थानमा ३ बिघा २ कठ्ठा जग्गामा लगाइएको गाँजाको बोटहरू नष्ट गरेको जानकारी दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell