PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

घरायसी विवादमा बाबुलाई खुकुरी प्रहार गर्ने छोरा पक्राउ



रासस

घरायसी विवादमा बाबुलाई खुकुरी प्रहार गर्ने छोरा पक्राउ

भोजपुर : बाबुलाई खुकुरी प्रहार गर्ने छोरा आज पक्राउ परेका छन्। स्थानीय २४ वर्षीय शिवहाङ राईले घरायसी विवादमा ५५ वर्षीय बाबु रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शनिबार बेलुका भएको घटनालगत्तै फरार रहेका शिवहाङलाई प्रहरीले आज भैँसीपङ्खाको असिनेबाट पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ। खुकुरी प्रहारबाट घाइते चन्द्रबहादुरको गर्धनमा अढाइ इञ्च गहिरो चोट लागेको प्रहरीको भनाइ छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते चन्द्रबहादुरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पाण्डवराज राजवंशीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell