.jpg)
काठमाडौँः सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा मेनन इन्स्टिच्युट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाइटी अफ इन्डियन ल फर्मबाट प्रदान गरिने प्रोफेसर (जस्टिस) एभी रोहद्गी जुरिष्ट अवार्ड २०१९ वाट सम्मानित भएका छन्।
शनिवार भारतको केरालामा एक समारोहबीच सिन्हालाई अवार्डबाट सम्मानित गरिएको हो। भारतका पूर्व न्यायाधीश साइरिक जोसेफले सम्मान गरे।
मेनन इन्स्टिच्युट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाइटी अफ इन्डियन लले प्रत्येक वर्ष दक्षिण एसियाका विभिन्न मुलुकहरूमा कार्यरत न्यायाधीशहरुलाई विशेषज्ञताका आधारमा सम्मान गर्दै आएको छ।
यो पुरस्कार भारतको कानुनी क्षेत्रका मूर्धन्य व्यक्तित्व प्रोफेसर एनआर माधव मेननको नामबाट स्थापना भएको हो। एभी रोहद्गी जुरिष्ट अवार्ड पनि उनकै नामबाट स्थापना गरिएको हो।