PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष साउदलाई लक्षित गरी गोली प्रहार



पहिलोपोस्ट

अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष साउदलाई लक्षित गरी गोली प्रहार

कैलालीः अछामको रामारोशन गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदमाथि गोली प्रहारको प्रयास भएको छ। रामारोशन गाउँपालिका वडा नम्बर ३ मा रहेको गाउँपालिका कार्यालय नजिकै आफ्नै डेरामा बसिरहेका बेला आइतबार साँझ ७ बजेतिर उनीमाथि गोली प्रहारको प्रयास भएको हो। 

साउद शनिवार साँझ विप्लवका गतिविधिबाट सबैतिर आगजनी लगायतका त्रासपूर्ण काम भइरहेको विषयमा छलफलमा बसेका बेला उनीमाथि गोली प्रहारको प्रयास भएको हो।

'सिभिलमा रहेको प्रहरी टोलीसँगै सुरक्षाका विषयमा छलफल गरिरहँदा अध्यक्षमाथि गोली प्रहार प्रयास भएको छ' अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने,  ‘प्रहरी टोलीसँगै रहेकाले उहाँलाई निशाना बनाएर हानिएको गोली लाग्न पाएन। गोली भुँइतलामा खस्यो र अध्यक्षज्यू सुरक्षित हुनुहुन्छ।’

गोली प्रहार गर्ने व्यक्तिलाई भने पक्राउ गर्न नसकिएको शाहीको भनाइ छ। तर खोजी कार्य तीव्र पारिएको उनले बताए। नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाका कार्यकर्ताले अध्यक्षमाथि गोली प्रहारको प्रयास गरेको हुन सक्ने प्रहरीको आशङ्का छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell