PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सिपिएलः सन्दीप आबद्ध टिम बार्बाडोस पराजित



पहिलोपोस्ट

सिपिएलः सन्दीप आबद्ध टिम बार्बाडोस पराजित

वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग सिपिएलमा गएराति भएको खेलमा सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्स पराजित भएको छ। किङ्सटनमा भएको खेलमा बार्बाडोसले दिएको १४१ रनको लक्ष्य जमैका तालेवाजले १८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो।

उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर १ विकेट लिए। त्यस्तै, उनले ब्याटिङ्समेत गरेका थिए। लामिछानेले ब्याटिङमा ८ बलको सामना गर्दै १० रन बनाए। यद्यपि उनको टिम भने पराजित हुन पुग्यो।

३ खेलमध्ये १ खेलमा जित र २ खेलमा पराजित भएको  बार्बाडोस ट्रिडेन्ट्स अंक तालिकाको पाँचौ स्थानमा छ। यता जमैकाको भने प्रतियोगिताको पहिलो जित हो। ५ खेल खेलेको जमैका ४ खेलमा पराजित भएको थियो। उसले हिजोको खेलमा पहिलो जित निकालेको हो। जमैका अंक तालिकाको अन्तिम स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell