PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

दृष्यमा हाथुद्यः श्वेतभैरवको प्रसाद खाँदै महिला

दृष्यमा हाथुद्यः श्वेतभैरवको प्रसाद खाँदै महिला

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : उपत्यकामा उल्लासका साथ एक साता मनाइने इन्द्रजात्राको अवसरमा एक दिन हनुमानढोकामा रहेको हाथुद्यः (श्वेत भैरव) को मुखबाट निस्कने प्रसाद (जाँड) र समयबजी महिलालाई मात्र खुवाइन्छ। यसलाई स्थानीय भाषामा हाथु हायेकेगु भनिन्छ। आइतवार राति प्रसादका लागि ठूलो संख्यामा महिला उपस्थित थिए।

झन्डै १५ फिट अग्लो अनुहारमात्रैभएको हाथुद्यःलाई नेपालकै सबैभन्दा ठूलो अनुहार भएको देउताको मूर्तिका रुपमा पनि लिइन्छ। खासमा यो सेतो पत्थरले बनेको मूर्ति हो। अहिले भने यसलाई सुनले मोडिएको छ। राजा रणबहादुर शाहले यो मूर्तिमा सुनले मोड्‌न लगाएका हुन्। ध्यानले हेर्ने हो भने यसको भित्र रहेको पत्थरको मूर्ति देख्न सकिन्छ।

यो मूर्तिलाई इन्द्रजात्रामा मात्रै सार्वजनिक प्रदर्शन गरिन्छ। अरु बेला भने स-सानो प्वाल भएको काठको ढोकाले छोपेर राखिन्छ। इन्द्रजात्राका आठै दिन यो देवताको मूर्तिको मुखबाट निकालिएको पाइपबाट जाँडको प्रसाद बगाएर बाँडिन्छ। यसलाई नेपालभाषामा हाथु हायेकिगु भनिन्छ। इन्द्रजात्राको पूर्णिमाको भोलिपल्ट महिलालाई मात्र यसमा सहभागी गराइन्छ। हेर्नुहोस् तस्बिरमाः



ट्रेन्डिङ पोस्ट

Ncell