PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

चीनकाे विशाल छेन्दु चिडियाघरमा बाघदेखि गैंडासम्म, आकर्षण पान्डा हाउस र अफ्रिकी सिंहमा

चीनकाे विशाल छेन्दु चिडियाघरमा बाघदेखि गैंडासम्म, आकर्षण पान्डा हाउस र अफ्रिकी सिंहमा

विधुर ढकाल/पहिलोपोस्ट


सिचुवान : चीन प्रवेश गरेसँगै पाण्डासँगको साक्षात्कारले छुट्टै रौनक ल्याउँछ। यहाँ प्रवेश गरेसँगै हरेक वस्तुमा पाण्डाको आकृति देख्न पाइन्छ। पाण्डाको उत्तम बासस्थानको रुपमा रहेको चीन त्यसमाथि पनि सिचुवान पाण्डाका लागि अझै प्रख्यात।

१७ हेक्टर क्षेत्रफलमा फेलिएको यो चिडियाखाना दक्षिण पश्चिम चीनको सबैभन्दा ठूलो चिडियाखाना हो, सिचुवानमा रहेको छेन्दु चिडियाखाना। ३०० भन्दा बढी प्रजातिका ३००० भन्दा बढी जनावर तथा पक्षीहरु रहेको यो चिडियाखानामा राखिएका जायन्ट पाण्डा, दक्षिण चिनियाँ बाघ, हिमचितुवादेखि दुईसिंगे गैँडासम्म रहेका छन्।

यहाँको सबैभन्दा आकर्षक पाण्डा हाउसदेखि अफ्रिकी सिंह घरसम्म। सिसाको पारदर्शी घरमा राखिएका साइबेरियन बाघका जोडी सिसाबाहिरको भिडभाडबाट बेखबर मस्त निदाइरहेका देखिन्छन्। त्यस्तै सिंह पनि।

जनावरका लागि बनाइएका ३० भन्दा बढी प्राकृतिक जस्तै देखिने घरहरुमा विभिन्न प्रजातिका जनावरहरुको जानकारी लिन मानिसहरुको उस्तै भीड। यो चिडियाखाना पाण्डाको आर्टिफिसियल ब्रिडिङका  लागि विश्वकै उत्कृष्ट मानिन्छ। यो चिडियाखानाले सन् १९८९ मा संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रम अन्तर्गत ‘ग्लोबल ५०० बेस्ट’को स्वर्णपदक जितेको थियो।

चीन प्रवेश गरेसँगै पाण्डाका विभिन्न भावभंगीमा सहितका आकृतिको साक्षात्कार भइरहेकै थियो। आइतबार जीवित पाण्डा पनि देखियो। पाण्डासँगै नेपालमा नदेखिएका जनावरहरु हेरियो।

छेन्दु चिडियाखानामा मोबाइलबाट लिइएका केही दृष्यहरु:



ट्रेन्डिङ पोस्ट

Ncell