PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

राजस्व नतिरेपछि वीरगंज नाकामा थन्किए ७ सय कार



राधेश्याम पटेल

राजस्व नतिरेपछि वीरगंज नाकामा थन्किए ७ सय कार

वीरगंज : दशैंको मुखमा वीरगंजका दुई वटा भन्सार कार्यालयहरुमा अहिले करिब ७ सय कार थन्केका छन्। वीरगंज भन्सारको आईसिपी र वीरगज भन्सार तथा ड्राइपोर्ट भन्सारमा विभिन्न ब्रान्डका सस्ता तथा विलासी कारहरु थन्काइका हुन्।

वीरगंज भन्सारको पुरानो शंकराचार्य नजिकको परिसरमा लगभग २ सय, ड्राइपोर्टमा करिब २ सय र आइसिपीमा करिब ३ सय गरी कुल ७ सय कार भन्सारमा अड्किएको अधिकारीहरुले बताएका छन्।

सबैभन्दा बढी महँगा कारहरु ड्राइपोर्टमा थन्केका छन्। ड्राइपोर्टमा जर्मन कम्पनीको मर्सिडिज, फ्रान्सेली कम्पनी फोर्डको रेन्जर, केरियन कम्पनी कियाको स्र्पोटेज, चिनियाँ कम्पनीको एमजीलगायतका अधिकांश लामो सयमदेखि थन्किएर बसेका हुन्। कुनै कुनै गाडी त ३ सय दिनदेखि भन्सार कार्यालयमै रहेको आइसिपी सञ्चालन गर्ने निकाय नेपाल इन्टरमोडेल यातायात समितिका अधिकृत तर्कराज जोशीले बताए।

कुल गाडीको ५० प्रतिशत कियाको कार छन् भने ५० प्रतिशतमा अरु गाडी थन्केका छन्। शंकराचार्य नजिको वीरगंज भन्सारको परिसरमा इसुजुको सिंगल क्याब, डबल क्याब, किया, टोयोटा, हुन्डाई, सुजुकी, मारुतीलगायतको ब्रान्डको कारहरु बढि थन्कोको छ। आइसिपीमा करिब २८६ वटा विभिन्न ब्रान्डको कार अड्किएको इन्टरमोडेल यातायातले जनाएको छ।

आइसिपीमा पहिलो पटक एक पिस मर्सिडिज हिजो मात्र आएको छ, नत्र मध्यम दामको कार कलकत्ता हुँदै टेलर लोड गरी ल्याइन्छ। जसमा बढि इसुजु, कियाको स्र्पोटेज, टोयाटा, निशान, हुन्डाई, होन्डा, सुबुरु, स्यागयांङ (चिनियाँ कम्पनीको इलेक्ट्रिक कार) बढि आउने गरेको इन्टरमोडल यातायात कार्यालयका बरिष्ठ सहायक युवराज थापाले जानकारी दिए।

उनले भने, 'हाम्रोमा मध्यम दामका कारहरु आउँछन्, विलासी गाडीहरु सिडी (ड्राईपोर्ट)बाट कन्टेनरमा आउछन्।'

किन अड्किन्छन् भन्सार विन्दुमा कारहरु?

नेपालमा कुनै प्रकारको कार बन्दैन वा एसेम्बल हुदैन्। सबै सस्ता, महंगा कारहरु विदेशबाट मगाउनु पर्छ। विदेशबाट एलसी खोलेर उत्पादन गर्ने कम्पनीलाई कारको आधिकारिक बिक्रेताले एलसी (लेटर अफ क्रेडिट) खोलेर कार जहाजबाट कोलकाता र त्यसपछि नेपालको भन्सार नाका भएर नेपाल भित्र्याउँछन्। जब भन्सार नाकामा कार आउँछ, पार्किङ शुल्क तिरेर कार दुई महिनादेखि ६ महिना सम्म प्राय: अड्काउने गरेको ड्राईपोर्ट भन्सारका सूचना अधिकारी विकास कुमार बताउँछन्।

जसरी जसरी उपभोक्ता वा ग्राहकले कारको शोरुममा गएर कारको अर्डर गरी डाउन पेमेन्ट गर्छन्, त्यसपछि बिक्रेता (आयतकर्ता)ले कारको राजस्व भन्सारमा बुझाएर कार छुटाउँछन्। आइसिपी भन्सार नाकामा कार भन्सार नाकामा प्रवेश गरे वापत ६४३ रुपैयाँसम्म तिर्नु पर्ने नियम छ भने कारको मोडेल अनुसार पार्किङ शुल्क भन्सार कार्यालयले लिन्छ। कार आएको ७ दिन सम्म प्रतिदिन ३१२ रुपैयाँ शुल्क र्तिनु पर्छ भने ८ औं दिन देखि जति दिन बसेमा प्रतिदिन ४२८ का दरले पार्किङ शुल्क तिर्नु पर्ने नियम छ।

कार आयात र बैंक ऋणमा कडाई गरेपछि कारको बिक्री घटयो

अर्थमन्त्री डा. युवराज खतिवडाले 'ननप्रडक्टिभ' समानको आयातमा कडाई गर्न शुरु गरेका छन्। विलासी गाडीको आयातलाई निरुत्साहित पार्न उनले कार आयातमा बुझाइने तीन प्रकारको राजस्व मध्ये अन्त शुल्कको दरबन्दीमा पहिले भन्दा चालू आर्थिक वर्षको लागि केही प्रतिशत वृद्धि गरेका छन्। कारको सिसिको अधारमा अन्तशुल्क वृद्धि गर्ने र अर्को तर्फ वाणिज्य बैंकलाई कार ऋणमा ४० प्रतिशतसम्म मात्र ऋण लगानी गर्ने निर्देशन दिएपछि कार किन्नेहरु हच्केका हुन्।

पहिले ३० प्रतिशत डाउनपेमेन्टमा बाँकी ७० प्रतिशत सम्म फाइनान्स गरी कार किन्न सकिन्थ्यो भने हाल ६० प्रतिशत डाउनपेमेन्ट गरी ४० प्रतिशतको लागि मात्र फाइनान्स वा बैंकबाट ऋण पास गराउन सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell