PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

सिंहदरबारबाट पत्रकार महासंघका सचिव र प्रेस युनियनका महासचिव पक्राउ



एम बम

सिंहदरबारबाट पत्रकार महासंघका सचिव र प्रेस युनियनका महासचिव पक्राउ

कैलाली: प्रहरीले सिहंदरबारस्थित रेडियो नेपालको प्रांगणबाट नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाललगायतलाई पक्राउ गरेको छ।

रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुर्नवहाली गर्न माग गर्दै रेडियो नेपाल पुगेका महासंघका सचिव दाहालसहित, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, क्षेत्रीय प्रसारण कार्यालय डोटीबाट निस्काशित पत्रकार प्रकाश बम, चक्र कुँवर, दिलिप पौडेल र योगेन्द्र बलायर पक्राउ परेका हुन्।

वार्ताका लागि रेडियो नेपाल पुग्दा प्रशासनले नमानेपछि वार्ता भंग भएको र तालाबन्दी गर्ने तयारीका क्रममा प्रहरीले पक्राउ गरेको सचिव दाहालले पहिलोपोस्टलाई जानकारी दिए। पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गमा ल्याइएको दाहालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell