PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

मन्त्री भट्टराई विवादबारे बुद्ध एयरले भन्यो, ‘मन्त्रीका कारण २४ मिनेट मात्रै ढिला भएको हो’



पहिलोपोस्ट

मन्त्री भट्टराई विवादबारे बुद्ध एयरले भन्यो, ‘मन्त्रीका कारण २४ मिनेट मात्रै ढिला भएको हो’

काठमाडौः बुद्ध एयरले पर्यटनमन्त्री योगेश भट्टराईका कारण उडानमा २४ मिनेट ढिलाई भएको स्पष्ट पारेको छ। बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै काठमाडौंबाट उडान गर्दा नै ढिला भएको जनाएको छ।

कम्पनीका अनुसार काठमाडौंबाट २३ मिनेट ढिला भएको हो। परिमार्जित समय अनुसार २४ मिनेट ढिला भएर ७ बजेर ४ मिनेटमा विमान उडेको कम्पनीले जनाएको छ। 'काठमाडौंबाट नेपालगंजका लागि ४ बजेर ५० मिनेटमा उड्नुपर्नेमा २३ मिनेट ढिला भएर ५ बजेर १३ मिनेटमा उडेको थियो’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सो जहाज ६ बजेर २ मिनेटमा अवतरण भएको थियो।'

कम्पनीका अनुसार परिमार्जित समय अनुसार नेपालगंजबाट ६ बजेर २५ मिनेटको सट्टा ६ बजेर ४० मिनेटमा उड्नुपर्ने थियो। बुद्ध एयरसँगै यति एयरलाइन्सको विमान ६ बजेर ५३ मिनेट अवतरण गरेर ७ बजेर २१ मिनेटमा उडेको र श्री एयरलाइन्सको विमान ७ बजेर ३० मिनेटमा अवतरण गरेर ७ बजेर ५१ मिनेटमा उडेको कम्पनीले जनाएको छ।

कम्पनीले मन्त्रीका सहयोगीले धम्बौजी आइपुगेको जानकारी दिएको जनाउँदै मन्त्री साढे सात बजे बोर्डिङ गरिसकेको दाबी गरेको छ। कम्पनीका अनुसार मन्त्री विमानस्थलमा प्रवेश गर्नु भन्दा पहिलानै सुरक्षाकर्मीकै अगाडि १४/१५ जना यात्रुहरुसँगको समूहलाई विमान परिचारिकाले बाहिर निस्किन आग्रह गर्दागर्दै आक्रोशित भएर बाहिर निस्किएकाले विमान उडानमा ८ मिनेट ढिला भएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell