PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक



पहिलोपोस्ट

काठमाडौँः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ। रेग्मीकी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए।

केही समयदेखि मुटुरोगको उपचार गराइरहेकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो। स्व रेग्मीका तीन छोरा र चार छोरी छन्। रेग्मीको गएराति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell