PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

'कबड्डी चार' सिरिजको अन्तिम फिल्म : निर्देशक रामबाबु गुरुङ



पहिलोपोस्ट

'कबड्डी चार' सिरिजको अन्तिम फिल्म : निर्देशक रामबाबु गुरुङ

काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म 'कबड्डी ३' प्रदर्शनको तयारीमा रहेको छ। कबड्डीको तेस्रो सिरिज प्रदर्शनको तयारीमा रहँदा निर्माण टिमले कबड्डीको चौथो सिक्वेल बन्ने घोषणा गरेको छ।

काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्माता एवं निर्देशक रामबाबु गुरुङले चौथो संस्करणमा फिल्म टुंगिने बताए। उनले चौथो सिक्वेल नै कबड्डीको अन्तिम फिल्म हुने घोषणा गरेका हुन्।

‘हुन त दोस्रो सिक्वेललाई नै अन्तिम बनाउने भनेको हो,’ उनले भने, ‘काम गर्दै जाँदा तेस्रो पनि बन्यो।’

फिल्ममा विल्सनविक्रम राई, दयाहाङ राई, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, कमलमणि नेपाल लगायतका कलाकारहरुले अभिनय गरेका छन्। नायिका उपासनासिंह ठकुरीको यो दोस्रो फिल्म हो। यसअघि उनले 'क्याप्टेन'मा अनमोल केसीसँग एउटै स्क्रिन शेयर गरेकी थिइन्।

'कबड्डी ३' असोज ३ गतेदेखि देशभरि प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell