PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

घाँटी रेटेर हत्या गरेको अवस्थामा पर्सामा युवकको शव फेला



राधेश्याम पटेल

घाँटी रेटेर हत्या गरेको अवस्थामा पर्सामा युवकको शव फेला

वीरगंजः पर्सामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। विन्दवासिनी गाउँपालिका ५ को प्रसौनीभाट्ठा चोकदेखि हास्वा गाउँ जाने सडकखण्डको कुलोमा हत्या गरी फालेको अवस्थामा युवकको शव प्रहरीले फेला परेको हो।

मृतकको सनाखत हुन नसकेको र शव पोस्टमार्टमका लागि वीरगंजको नारायणी अस्पतालमा लगिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी अनन्तराम शर्माले जानकारी दिए।

रातो टिसर्ट, जिन्स र कन्भर्स जुत्ता लगाएको युवकको शव फेला परेको हो। हत्याबारेमा अनुसन्धान भइरहेको शर्माले बताए।

शव फेला परेको स्थान भारतीय सिमा भेलाही बजार भन्दा २ किलोमिटर उत्तरमा पर्छ। प्रहरीले युवक नेपाली वा भारतीय पनि हुन सक्ने अशंका गरेको छ।

रातिको समयमा हत्या गरी शव फालेको हुन सक्ने प्रहरीको आशंका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell