PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

संखुवासभामा जिप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता



पहिलोपोस्ट

संखुवासभामा जिप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

संखुवासभाः जिल्लाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे दुर्घटना हुँदा कम्तीमा ६ जना बेपत्ता भएका छन्। दुर्घटनामा एकै परिवारका ३ जना परेका छन्।

धर्मदेवी नगरपालिका -८ मा पर्ने अक्करको भिरबाट को १ ज ३७४९ नम्बरको जिप अरुण नदीमा खसेको हो। जिप राति १०ः३० बजे सीधै अरुण नदीमा खसेर बेपत्ता भएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मीमबहादुर लामाका अनुसार जिप खस्दा खाँदबारी–९ का दुईमहिने बालक समिर श्रेष्ठ, उनका बुबा संगम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन्। त्यस्तै प्रमिस थापामगर, खबरमान मगर र चालक सन्तोष विक बेपत्ता छन्।

जिप अरुणमा खसेपछि खाँदबारीबाट राति नै प्रहरीको टोली परिचालन गरिएको थियो। केही दिनदेखिको वर्षाले उर्लिएको अरुण नदीमा जिप पूरै डुबेकाले उद्धारमा समस्या भएको डीएसपी लामाले जानकारी दिए। लामाका अनुसार कच्चीबाट छिचोल्दै घटनास्थलमा पुग्नुपर्छ। घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी पुगिसकेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell