PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

अमेरिकामा रहेका विज्ञहरुको सम्मेलन : लक्ष्य नेपाल विकासमा योगदान



पहिलोपोस्ट

अमेरिकामा रहेका विज्ञहरुको सम्मेलन : लक्ष्य नेपाल विकासमा योगदान

सान्फ्रान्सिस्को : ग्लोबल नेपाली प्रोफेसनल नेटवर्क (जिएनपिएन) ले नेपाली पेशाकर्मी र विज्ञहरुको सम्मेलन गर्ने भएको छ। जिएपिनएन अमेरिकामा रहेका नेपाली पेशाककर्मीहरुको साझा संस्था हो।

यहाँ हासिल गरेको उपलब्धीलाई नेपालको विकासमा योगदान पुर्‍याउन यो सम्मेलन सहयोगी हुने विश्वास आयोजकहरुको छ।

'हामी यसलाई साझा मञ्चका रुपमा विकास गर्दै नेटवर्क बनाएर अघि बढ्न चाहान्छौं‌,' जिएनपिएन सम्मेलन २०१९ का अध्यक्ष रुपेश सि‌म्खडाले भने।

आगामी शनिबार (सेप्टेम्बर २१) क्यालिफोर्नियाको वर्कली युनिभर्सिटीमा आयोजना हुने सम्मेलनमा करिव १८ जना पेशाकर्मी तथा विज्ञहरुको प्रस्तुती हुनेछ।

यस पटकको सम्मेलनमा अमेरिकाका प्रख्यात आर्किटेक्ट इन्जिनियर जोन पिकार्ड प्रमुख वक्ताका रुपमा सहभागी हुँदैछन्। उनले ग्रीन टेक्नोलोजीका विषयमा बोल्ने जिएनपिएनले जनाएको छ।

टेक्नोलोजी, वित्त, स्वास्थ्य उपचार, सञ्चार लगायतका विषयमा सम्मेलनमा छलफल हुनेछ। यस पटक महिला नेतृत्वका विषयमा पनि प्रस्तुति हुनेछ। विदेशमा आर्जन गरेको ज्ञान र सीप नेपालको विकासमा समेत उपयोग गर्न यो सम्मेलनले सहयोग पुर्‍याउने विश्वास गरिएको छ। सम्मेलनमा अमेरिका बाहेक अन्य मुलुकबाट समेत सहभागिता हुनेछ। सम्मेलनले नेटवर्क विस्तार गर्ने र यसमार्फत् नेपालका विकासमा ज्ञान, सीप, पुँजी तथा प्रविधि हस्तान्तरणमा सहयोग पुग्ने विश्वास आयोजकको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell