PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

डेंगुबारे संसदमा स्वास्थ्यमन्त्रीको ब्रिफिङ : ६ जनाको मृत्यु, ५ हजार ९५ जना संक्रमित, आपत्कालीन अवस्था घोषणा गर्नु पर्दैन



पहिलोपोस्ट

डेंगुबारे संसदमा स्वास्थ्यमन्त्रीको ब्रिफिङ : ६ जनाको मृत्यु, ५ हजार ९५ जना संक्रमित, आपत्कालीन अवस्था घोषणा गर्नु पर्दैन

काठमाडौं : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले यस वर्ष नेपालमा ५ हजार ९५ जनालाई डेंगु संक्रमण देखिएको बताएका छन्। आजको संसदमा सार्वजनिक महत्वको विषयमा आफ्नो भनाई राख्दै उक्त जानकारी दिएका हुन्।

सदनमा मन्त्री यादवले भने, '२०६१ मा चितवनमा पहिलोपटक देखिएको डेंगु हाल ५६ जिल्लामा फैलिएको छ। साउन १ देखि भदौ २३ सम्मको उपलब्ध जानकारी अनुसार हालसम्म विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको छ भने ५ हजार ९५ जनामा डेंगु संक्रमण देखिएको छ।'

यद्यपि आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था भने नभएको उनले बताए। नेपाल डेंगु नियन्त्रण गर्न सक्षम रहेकोले पनि आपत्कालीन अवस्था नरहेको उनको दाबी थियो। उनले डेंगु नियन्त्रणमा किट त्यति प्रभावकारी नभएको बताए।

मन्त्री यादवले नेपालले लामखुट्टेबाट सार्ने रोग औंलो र जापानिज इन्सेफ्लाईटिसजस्ता रोगसमेत नियन्त्रणमा ल्याएको उल्लेख गर्दै डेंगुका लागि निर्दिष्ट औषधि नबनिसकेको उल्लेख गरे। यसैले यसका लागि लामखुट्टे नियन्त्रण नै मुख्य उपचार भएकोले सबैलाई सचेत बनाउन सरकार लागेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell