PahiloPost

Jun 15, 2025 | १ असार २०८२

पहिरोले पुरिएर चार वर्षीय बालकको मृत्यु



रासस

पहिरोले पुरिएर चार वर्षीय बालकको मृत्यु

काभ्रेपलाञ्चोक : अविरल वर्षाका कारण आज बिहान गएको पहिरोमा पुरिएर काभ्रेपलाञ्चोकमा एक बालकको मृत्यु भएको छ। जिल्लाको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पहिरोले पुरिँदा बालक पुरिएका हुन्।

बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो। बालकका बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर पसल पुरिएको थियो।

घटनालगत्तै स्काभेटरको सहायताले स्थानीय तथा सुरक्षाकर्मीले पसलभित्र फसेका बालकको खोजी गरेका थिए। बिहान ७ बजेदेखि पहिरो पन्छाउँदा ११ बजे बालकको शव फेलापरेको वडाध्यक्ष सुन्दर लामाले जानकारी दिए।

उनका अनुसार जैसिथोक स्थायी घर भएका तामाङको परिवारले पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा एकतले कच्ची घरमा पसल सञ्चालन गर्दै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell