PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

स्वास्थ्यमन्त्रीलाई संसदको प्रश्न: डेंगु सार्ने लामखुट्टेले राति टोक्छ कि दिउँसै? औषधि नभए लामखुट्टेश्वर महादेव पो मान्ने कि?



पहिलोपोस्ट

स्वास्थ्यमन्त्रीलाई संसदको प्रश्न: डेंगु सार्ने लामखुट्टेले राति टोक्छ कि दिउँसै? औषधि नभए लामखुट्टेश्वर महादेव पो मान्ने कि?

काठमाडौं: प्रतिनिधि सभाको आजको बैठकमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई संसदहरुले डेंगु रोगबारे प्रश्न सोधेका छन्।

आजको संसदमा सार्वजनिक महत्वको विषयमा मन्त्री यादवले आफ्नो धारणा राखेपछि सांसदहरुले प्रश्न सोधेका हुन्।

प्रश्नको क्रममा संसद रामबहादुर विष्टले यस रोग नियन्त्रण गर्ने रोगै नभएको भनी मन्त्रीले दिएको अभिव्यक्ति अचम्म लाग्दो भएको बताए। विष्टले भने, 'डेंगु डरलाग्दो सरुवा रोग रहेछ भन्ने कुरा थाह पाइयो। मन्त्रीले भन्नुभयो यो नियन्त्रण गर्ने रोगै होइन भन्नुभयो। यस्तो हो भने किन भनिरहनुपर्‍यो।'

त्यसैगरी उनले यो रोग घटेको विषयमा स्वास्थ्यमन्त्रीले जानकारी दिए पनि कसरी घटेको भनी प्रश्न गरेका थिए। 

त्यसैगरी सांसद विष्टले डेंगु सार्ने रोगले रोग कतिबेला सार्छ भनी जिज्ञासासमेत राखे। भने, 'डेंगु सार्ने लामखुट्टे राति आएर टोक्छ कि दिनमा टोक्छ?'

सत्तारुढ दलका सांसद विरोध खतिवडाले औषधिले काम नगरे देउता गुहार्नुपर्ने भनाई राखे। उनले संसद्को समस्या समाधानका लागि संसदेश्वर महादेव स्थापना भएजस्तै डेंगु नियन्त्रणका लागि लामखुट्टेश्वर महादेव स्थापना गर्नुपर्ने तर्क गरे। भने, 'संसदेश्वर महादेव बनेको छ। सिंहदरबारको संसद भवन छेउमा। लटरम्मेश्वर महादेव पनि छन्। अब लामखुट्टेश्वर महादेव स्थापना किन नगर्ने?'

सदनमा मन्त्री यादवको विदेश भ्रमणकोसमेत विरोध भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell