PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज सइ घुस लिँदालिँदै पक्राउ



पहिलोपोस्ट

महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज सइ घुस लिँदालिँदै पक्राउ

काठमाडौं : महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायव निरीक्षक (सइ) बिपिनचन्द्र पन्तलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। ‘सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएका हौं,‘ प्रवक्ता कोइरालाले भने।

सेवाग्राहीबाट पाँच हजार घुस रकम लिँदै गर्दा उनलाई रङ्गेहात पक्राउ गरको हो।

थलीका स्थानीय व्यवसायीलाई बिना कारण पटक–पटक दुःख दिने गरेको र रकम माग गर्ने गरेको भन्दै स्थानीयवासीले अख्तियारमा उजुरी दिएका थिए। पक्राउ परेका पन्तलाई अख्तियारको टोलीले हिरासत पठाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell