PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त



पहिलोपोस्ट

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त
फोटो : नेपाल उद्योग वाणिज्य महासंघ।

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त भएका छन्। रिक्त महानिर्देशक पदमा नवनियुक्त खतिवडाले आजै पदबहाली गरेका छन्।

महानिर्देशक खतिवडा नेपाल सरकारका सेवा निवृत्त सचिव हुन्। खतिवडाले यसअघि पनि महासंघमा वरिष्ठ परामर्शदाता र महानिर्देशकको रूपमा काम गरिसकेका छन्।

पदवहाली पश्चात महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा उच्च पार्ने बताए। उनले महासंघका मुलभुत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरूबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell