PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

हिजो जस्तै आज पनि हेलिकप्टरको आकस्मिक अवतरण : गोरखाबाट उड्यो, सिउरेनीटारमा उत्रियो



रासस

हिजो जस्तै आज पनि हेलिकप्टरको आकस्मिक अवतरण : गोरखाबाट उड्यो, सिउरेनीटारमा उत्रियो
हिजो अवतरण गरिएका हेलिकप्टर

गोरखा : गोरखा मनास्लु क्षेत्रबाट काठमाडौंका लागि उडेको हेलिकप्टर गोरखाको सिउरेनीटारमा आकस्मिक अवतरण गराइएको छ। खराब मौसमका कारण हेलिकप्टरले उडान गर्न नसकेपछि गण्डकी गाउँपालिका– ८ सिउरेनिटारमा आकस्मिक अवतरण गराइएको हो।

हेलिकप्टरमा तीन जना यात्रु सवार रहेको गण्डकी गाउँपालिका–८ का अध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए। लगातार परेको झरीका मौसम खराब भएकाले दुई दिनदेखि उक्त हेलिकप्टर सामागाउँमै रोकिएको थियो।

खराब मौसमका कारण आज बिहान मात्र काठमाडौँका लागि उडेको हेलिकप्टर १० बजेतिर आकस्मिक अवतरण गरिएको गोरखाका प्रहरी प्रमुख प्रहरी ओम अधिकारीले जानकारी दिए। सामागाउँबाट गोरखाको केरौँजा, धादिङ हुँदै काठमाडौंका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण सिउरेनीटारतिर पुगेको प्रहरीले जनाएको छ।

हिजो लुक्लाबाट उडेका ८ हेलिकप्टर यसैगरी आपतकालीन अवतरण गरिएको थियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell